नगरमा एमाले, गाँउमा काँग्रेस अगाडी



काठमाडौं । निर्वाचन भएका ३४ जिल्लाका २८१ स्थानिय तहको अहिलेसम्मको सुरुवाती परिणाम हेर्दा नेकपा एमाले र नेपाली काँग्रेस बिचमा कडा प्रतिस्प्रर्धा हुने देखिन्छ ।

अहिलेसम्म कुनैपनि नगरपालीकामा जितको सुवात नभएपनि ८ गाउँपालीका सहित नेपाली काँग्रेस अगाडी रहेको छ । उसको नगरमा अग्रता भने करिब २० वटामा रहेको छ । काँग्रेसले अहिलेसम्म ८५ ठाँउमा अग्रता लिइरहेको छ ।

एक नगरपालीका सहित नेकपा एमालेले ७ स्थानमा बिजय हाँसिल गरिसकेको छ । उसले निर्वाचन भएका ४ वटै महानगरपालीकाहरुमा अग्रता लिइरहेको छ । उसले गाँउपालिकाहरुमा समेत निकै राम्रो अग्रता हाँसिल गरेको छ । अहिलेसम्म एमालेले ८० स्थानमा अग्रता लिइरहेको छ ।

माओवादी केन्द्रले ६ स्थानमा बिजय पाएको छ । उसले ग्रामिण भेगमा आफ्नो उपस्थितिलाई केहि सुदृण गरेको देखिन्छ । हाल सम्मको अबस्थामा उसले करिब ४८ स्थानमा अग्रता लिइरहेको छ ।

अहिले करिब २६० स्थानिय तहमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।


क्लिकमान्डु