को बस्ला काठमाडौं महानगरपालिका मेयरको यो कुर्सीमा ?



काठमाडौं । देशको पुरानो महानगरपालिका काठमाडौंको निर्वाचनको चर्चा देशभर छ । पुरानो महानगर तथा सबैभन्दा बढी बजेट हुने र राजधानी समेत भएको हुँदा महानगरको चर्चा बढी हुनु स्वभाविक हो ।

आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । अहिलेसम्म प्रारम्भिक मतपरिणाममा नेकपा एमाले केही अगाडि देखिएको छ । तर,डेढ लाखभन्दा बढी मतदाता भएको काठमाडौं महानगरमा एक सयमत नगन्दै कसले जित्छ भन्ने अनुमान गर्न गार्रो छ ।

निर्वाचन सकिएपछि भएका सर्बेक्षण तथा अनुमानमा केहीले नेकपा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले जित्ने बताएका छन् । केहीले नेपाली कांग्रेसका राजुराज जोशीले जित्ने ।

राजनीतिमा नयाँ प्रयोग काठमाडौमा देखिन्छ । नयाँ राजनीतिक दलमा विवेकशिल नेपालकी रन्जु दर्शना र साझा पार्टीबाट पूर्व सचिव किशोर थापाले उम्मेद्वारी दिएको हुँदा सामाजिक सन्जालदेखि सबैमा काठमाडौंको मेयरको चर्चा छ ।

कसले जित्छ त्यसको लागि परिणम भने कुर्नुपर्छ । अब निर्वाचित हुने काठमाडौंको मेयरको कुर्सी र कार्यकक्षमा भने यस्तो छ । हेर्नुहोस् ।

 


क्लिकमान्डु