मत परिणाम आएका तीनवटा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार विजयी



काठमाडौं । स्थानीय तह निर्वाचनमा आएको परिणाममा नेकपा एमालेले अग्रता लिएको छ ।

अहिलेसम्म चार स्थानको मतपरिणाम आएको छ । जसमा एमालेले तीन स्थानीय तहको प्रमुख जितेको छ भने नेपाली कांग्रेसले एक स्थानमा विजयी भएको छ ।

जसमा मनाङको मनाङमा को नेस्याङ र चामे एमालेको जितेको हो । डोल्पाको शेफोक्सुन्डोमा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार निर्विरोध भएका थिए । मनाङको नारफु गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेद्वार निर्विरोध भएका थिए ।

नगर क्षेत्रको भने मतगणना सकिएको छैन ।


क्लिकमान्डु