शंकरापुर नगारपालीकामा एमालेको अग्रता कायमै



काठमाडौं । शंकरापुर नगरपालीकामा नेकपा एमालेका मेयर र उपमेयर दुबै पदमा अग्रता कायमै राखेको छ ।

हिजो राती ११ बजेबाट सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका मेयर उमेद्वारले ४३८ मत प्राप्त गरेका छन्, भने उपमेयर उमेद्वारले ४६७ मत पाएका छन् ।

माओवादी केन्द्रका मेयर उमेद्वारले ३१४ र उपमेयर उमेद्वारले ३४६ मत प्राप्त गरि एमालेलाई पछ्याइ रहेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसले मेयर पदमा २१९ र उपमेयरमा २०९ मत ल्यएका छन् ।

एक नम्वर वडाको मतगणना चलिरहेको छ । वडा अध्यक्षमा पनि एमाले ४६७ मत सहित अगाडी रहेको छ ।


क्लिकमान्डु