कांग्रेसको गढ मनाङमा एमालेको झण्डा



मनाङ । कुनै समय कांग्रेसले निर्विरोध निर्वाचित गर्ने मनाङमा एमालेले विजयी झण्डा गाडेको छ ।

मनाङमा को नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको हो ।

मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरेर गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।
कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत गरिन् । मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए । सो गाउँपालिकामा उपप्रमुख भने कांग्रेसले जितेको हो ।


क्लिकमान्डु