डोल्पामा उपल्लो दुई मतदान केन्द्र सम्पर्कविहीन




डोल्पा । उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन ।

छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

उक्त स्थानबाहेक उपल्लो अन्य मतदान केन्द्रमा धमाधम मतदान भइरहेको कार्यालयले जनाएको छ रासस


क्लिकमान्डु