पूर्व राजा ज्ञानेन्द्रले स्थानीय तह निर्वाचनमा भोट नहाल्ने



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मत नहाल्ने भएका छन् । सामाजिक सन्जाल फेसबुकमा पूर्व राजा ज्ञानेन्द्रले मत नहाल्ने जानकारी गराएका हुन् ।

केही दिन अगाडि पूर्व राजा ज्ञानेन्द्रले मत हाल्ने खबरहरु बाहिर आएका थिए । उनले केही राजनीतिक दलले आफु मतदान गर्न आउने भनेर हल्ला चलाएको भन्दै आफ्नो लागि सबै समान भएको कुरा लेखेका छन् ।


क्लिकमान्डु