व्यवसायीका नेता कोही विदेशमा,कोही उम्मेद्वार,कोही पार्टीलाई मत माग्दै



सांकेतिक तस्बिर

काठमाडौं । नेपालमा उद्योगी र व्यवसायीको एउटा गुनासो हुन्छ राजनीतिक दलका नेताले काम गरेनन् । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उपयोग व्यवसायीहरुले राम्रोसँग गरेका छन् ।

जसमा उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगरका उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकामा मेयरको उम्मेद्वार छन् । यस्तै काठमाडौंमा संघिय समाजवादी र नयाँ शक्तिबाट खुद्रा व्यवसायी संघका अध्यक्ष प्रवित्र बर्जाचार्य काठमाडौंका मेयरका उम्मेद्वार हुन् । यस्तै ललितपुरमा साझा पार्टीबाट सुनचाँदी व्यवसायी रमेश महर्जनपनि उम्मेद्वार छन् ।

व्यवसायीहरुको संस्था राष्ट्रिय व्यवसायी पहल(एनबिआई)ले निर्वाचनको अनुगमन प्रवेक्षकको काम गरेको छ ।

निजी क्षेत्रका व्यवसायीको ठूलो संगठन उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा मतदाता नामावली नेपालगन्जमा भएको हुँदा उनले यो पटकको निर्वाचनमा भोट हालेकी छैनन् ।

महासंघमा वस्तुगतका उपाध्यक्ष रहेका उमेशलाल श्रेष्ठले सामाजिक सन्जालमा एमालेलाई मत मागेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल र एमालेकी नेतृ सहाना प्रधानका छोरा पुष्पलालले सामाजिक सन्जालमा एमालेलाई मत मागेको देखिन्छ ।

यस्तै,एशोसियटबाट उपाध्यक्ष रहेका चन्द्र ढकालले पनि मतदान गरेका छन् । उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले पनि मतदान गरेका छन् । चेम्बर उपाध्यक्ष राजेन्द्र मल्लले पनि मत दिएको तस्बिर सामाजिक सन्जालम राखेका छन् ।

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले नवलपरासीबाट मत दिएका छन् । चौधरी २०६४ को संविधानसभामा नेकपा एमालेबाट समानुपातिक तर्फ सांसद् थिए ।

यो पटक विभिन्न जिल्लाका मेयर तथा वडा अध्यक्षमा व्यवसायीहरु उम्मेद्वार रहेका छन् ।

महासंघका पदाधिकारी उम्मेद्वार र पार्टीको तर्फबाट खुलेर मत मागेपनि महासंघकै केही पदाधिकारीपनि विदेशमा छन् । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका विदा मनाउन विदेश छन् । यस्तै महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छापनि विदेशमा छन् ।


क्लिकमान्डु