योगगुरु रामदेव विरुद्ध अदालतद्धारा प्रक्राउ पुर्जी जारी



नयाँ दिल्ली । भारतको एउटा अदालतले योगगुरु रामदेव विरुद्ध परेको मुद्दामा प्रक्राउन गर्न सक्ने आदेश दिएको छ । भारतको रोहटक अदालतले रामदेवले दिएको भड्काउ पूर्ण भाषणको विरुद्ध जमानतमा छाड्न प्रक्राउ पुर्जीको आदेश दिएको हो ।

गतवर्ष रोहटकमा आयोजित सद्भावना सम्मेलनमा रामदेवले विवादित भाषण गरेको आरोप छ । उनले ‘भारत माताकी जय’ नभन्नेलाई टाउको काट्नुपर्ने बताएका थिए । उनले विवादित भाषण विरुद्ध कांग्रेस आईका नेता सुभाष बतरा अदालत गएका थिए ।

मुद्दाको सुनुवाई गर्दै न्यायधीशले रामदेव १ लाख रुपैयाँको जमानत वारेन्ट जारी गरेका हुन् । अदालतको फैसला अनुसार एक लाख रुपैयाँ बाबा रामदेवले बुझाउनुपर्छ । ऐजेन्सी


क्लिकमान्डु