हरित अर्थतन्त्रमा महिला



 


उद्यमी महिलाहरु र युवाको एक समूहले घानामा पत्यार नलाग्ने वस्तु बाँसको प्रयोगबाट साइकलहरु निर्माण गरिरहेको छ । दश किसानले बाँस हुर्काउँछन् भने अरु २५ जनाले वातावरणमैत्री साइकल तयार पार्छन् । यस्ता साइकलहरु घानाको उखडबखड बाटोमा प्रयोग गर्न र विदेश निर्यात गर्न सकिन्छ । घाना ब्याम्बो बाइक्सका प्रमुख कार्यकारी अधिकृत बर्निस दपाह उच्च बेरोजगार भएको समुदायमा ५० कामदार थप्दै थप दुई नयाँ उद्योग खोल्ने योजनामा छन् ।

घाना ब्याम्बो बाइक्स महिलाले संक्रमणबाट दीगो आर्थिक वृद्धि र विकासतर्फ अघि डोर्याउनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने एउटा उदाहरण मात्र हो । तर हामी स्वस्थ पृथ्वीमा समृद्ध भविष्य सुनिश्चित गर्न चाहने हो भने यस्ता उदाहरणहरु तीव्ररुपमा अघि बढ्नुपर्छ । यस्ता गतिविधिलाई दीगोपना प्रदान गर्न नीति निर्माण गर्ने टेबलमा होस् वा अन्य क्षेत्रमा विश्वले जलवायु क्षेत्रका काम गर्ने यस्ता धेरै महिला नेताहरु खोजेको छ ।
जब धेरै महिलाहरुले काम गर्छन्, अर्थतन्त्र बढ्छ । वल्र्ड इकोनोमिक फोरमका अनुसार व्यापक लैंगिक समानतामार्फत प्राप्त हुने बृहत् मानवपुँजीको प्रयोगले कुल ग्रार्हस्थ उत्पादनमा सकारात्मक परिवर्तन, प्रतिस्पर्धात्मकता र मानव विकाससँग परस्पर सम्बन्ध राख्छ । उक्त पुँजीको व्यर्थ व्यय प्रत्युत्पादक हुन जान्छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको प्रतिवेदन अनुसार लैङ्गिक असमानताका कारण एउटा उदाहरण भन्नु पर्दा उपसहारा क्षेत्रले वर्षेनी औसत ९५ अर्ब अमेरिकी डलर वा कुल ग्रार्हस्थ उत्पादनको ६ प्रतिशतको मूल्य चुकाउँछ ।

यद्यपि, विश्वभरी नै महिलाहरुले अझै पनि रोजगार र ज्यालामा ठूलो लैङ्गिक अन्तर भोगिरहेका छन् । विश्वव्यापी श्रममा सहभागी हुने महिलाको अनुपात सन् १९९० देखि यता ५० प्रतिशतको हाराहारीमा छ जबकि पुरुषको ७५ प्रतिशतभन्दा माथि नै छ । र, अधिकाशं देशहरुमा पुरुष कामदारले एक अमेरिकी डलर कमाउँदा महिलाहरुले औसतमा ६० देखि ७५ सेन्ट कमाउँछन् ।

आर्थिक वृद्धि र विकासमा सहायता पु¥याउन हामीले सबै कामदारको सामथ्र्यलाई समात्नु पर्छ । महिलालाई केवल कमाउने मात्र होईन कि नेतृत्व लिने अवसर पनि प्रदान गर्नुपर्छ । महिलाहरुको सशक्तिकरण गरिनुपर्छ र उनीहरुको भूमिका अर्थतन्त्रको रुपान्तरणका लागि हुनुपर्छ । जब विश्वले हरित अर्थतन्त्रतर्फ अर्को आर्थिक रुपान्तरणका लागि अघि बढेको वर्तमानमा भन्दा माथि उल्लेखित विषय प्राप्त गर्न राम्रो क्षण कहिल्यै हुन सक्ला रु

वास्तवमा, जलवायु परिवर्तनको असरको परिप्रेक्ष्यमा झन् अर्थतन्त्रमा महिलाको भूमिका रुपान्तरण गर्नु थप टडकारो हुन सक्छ । जिम्मेवारीको परम्परागत विभाजनको अर्थ के छ भने जलवायु परिवर्तनका कारण पुरुष र महिलाहरु मुलतः विकासशील मुलुकहरुमा फरक फरक तवरले प्रभावित हुन्छन् । किनभने पुरुषहरु मुख्य गरी पाखुर बजार्ने वा नगदेबालीको खेतीपाती काम गर्छन् र वातावरणीय प्रतिकुल कुनै घटना जस्तै सुख्खा प¥यो भने उनीहरुको कामको ज्याला चौपट हुन्छ । जसका कारण उनीहरु जागिरको खोजीमा सहरतिर धाउन बाध्य हुन्छन् । तर घरायाशी उपभोगका लागि बालीनाली लगाएर जीवन निर्वाह गरेका र परिवारको हेरचाह गरेर बसेका महिलालाई भने त्यो विकल्प हुँदैन ।

बरु महिलाहरुले स्थानीय तहमा नै खाद्यान्न सुनिश्चितताका लागि वैकल्पिक माध्यम अपनाउनु पर्छ र परिवारलाई आर्थिक सहायता दिनका लागि आय आर्जन पनि । अझ थप, महिलाहरुले स्थानीय तहमा नै खाद्यान्नको सुनिश्चितताका लागि वैकल्पिक माध्यम अपनाउनु पर्ने बाध्यता पर्छ, परिवारलाई आर्थिक सहायता दिनका लागि आय आर्जन पनि गर्नुपर्छ जस्तै थोरै मात्रामा भए पनि आफ्ना उत्पादनको बिक्री गरेर वा आफनो काममा सहयोगका लागि भन्दै छोराछोरीलाई विद्यालय जानबाट रोकेर नै । जुन ठाउँहरुमा महिला पानी लिनका लागि प्रत्येक दिन घण्टौं खर्च गर्नुपर्ने छ त्यस्ता स्थानहरुमा महिलाले झन् भयावह समस्या भोग्नु परेको छ । साथै वर्षा हुने समयमा आएको फेरबदलले गर्दा महिलाहरु पानी भर्न अझ धेरै टाढा जानुपर्ने पनि हुनसक्छ ।

यस्तो अवस्थामा संक्रमणले प्रदान गरेको अवसर छोप्दै दीगो अर्थतन्त्रका लागि महिलालाई सशक्त गर्नु अति महत्वपूर्ण छ । मुख्य चार क्षेत्रमा गरिने परिवर्तनले निकै ठूलो अर्थ राख्नेछ ।

पहिलो, वित्तीय प्रणालीमा महिलालाई व्यापक पहुँच आवश्यक छ । अफ्रिकी उपसहारा क्षेत्रका मुलुकमा महिलाको तुलनामा पुरुषमा बैंक खाता ३० प्रतिशत बढीले हुने गरेको छ । यो खाडल पुर्न महिलाको आवश्यकता पूरा गर्नका लागि लचिलो ऋण र वचतको अवधारणा डिजाइन गर्नुपर्छ । उदाहरणका लागि यस अन्र्तगत लघुकर्जाको विस्तार जरुरी छ । यो अवधारणाले धेरै देशहरुमा महिलालाई उद्यमशील बन्न सबलीकरण गरिसकेको छ । सो प्राप्तिका लागि विश्वस्त तर शंकालु ऋणदाता चाहिन्छ जो महिला भरपर्दा र मूल्यवान ऋणी हुन् भन्नेमा आश्वस्त होऊन् ।
यसले महिलाहरुले पुरुषले जत्तिकै वा त्योभन्दा अझ भरपर्दो तरिकाले ऋण चुक्ता गर्छन् भन्ने प्रमाणित गर्दछ । वित्तीय प्रणालीमा महिलाले एकपटक पहुँच बनाए भने उनीहरुले साना व्यवसाय सिर्जना गर्न वा लगानी गर्न सक्छन् र आकस्मिकता आइपर्दा पनि वचत भए पश्चात सुरक्षित भएको अनुभूति गर्छन् ।

दोस्रोमा, महिलालाई जमिनमा समान अधिकार चाहिन्छ । जग्गा माथिको स्वामित्वले चाहे विवाहित महिलाका लागि हुने संगोलमा वा घरमुलीका रुपमा रहने पूर्ण स्वामित्व होस् आर्थिक सुरक्षा र उत्पादकत्व मात्र बढाउने नभई परम्परागत वित्तमा पनि पहुँच स्थापित गर्छ । आफूले खेती गरेको जग्गामा उनीहरुको औपचारिक दाबीका कारण पनि महिलाहरु उक्त माटोको उर्वरताका लागि थप लगानी गर्ने हुन सक्छन् जसले थप उत्पादकत्व र भूउपयोगको दीर्घकालीन प्रवृत्तिलाई योगदान गर्छ ।

तेस्रोमा, उदाउँदो हरित अर्थतन्त्रमा महिलाको सक्रिय सहभागितामा सहायता गर्नका लागि नीतिको तथा असल शिक्षा, सीपमूलक तालिम र कार्यक्षेत्रमा हुने विभेदका विरुद्ध संरक्षणको खाँचो छ । किनभने स्वच्छ ऊर्जा उद्योग ज्यादै नयाँ छ र यसले महिलाहरुलाई आकर्षक तलबका साथ इन्जिनियरिङ जस्ता गैरपरम्परागत जागिरमा ल्याउन मद्दत मिल्छ ।

अन्त्यमा, महिलाहरुको राजनीतिक सशक्तीकरण पनि आवश्यक छ । आधा जनसंख्याको राजनीतिक निर्णयहरुमा आफ्नो मत छैन भने नीति निर्माणको वैधता प्रभावहीन हुन जान्छ । सरकारहरुले संक्रमणबाट दीगो र समावेशी अर्थतन्त्रका लागि ल्याउने विभिन्न उत्प्रेरक कार्यक्रम र निर्देशिका जस्तै महिलाले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

बिना कुनै सहायता पनि महिलाहरुले यो संक्रमणले प्रदान गरिरहेको अवसरकोे यसअघिबाट नै प्रयोग गरिरहेका छन् । सोलार सिस्टर नामक सामाजिक व्यवसायले सस्तो मूल्यमा सौर्य बत्ती बेचेरै २ हजार ५ सय महिलालाई नाइजेरिया, तान्जानिया र युगान्डामा रोजगार सिर्जना गरेको छ । लुमस नाम गरेको अर्को सौर्य ऊर्जा सम्बन्धी कम्पनीले नाइजेरियाका उद्यमशील महिलाको सशक्तीकरणमा काम गर्छ ।

तर अझै पनि महिलाहरुले स्वच्छ प्रविधिजन्य उद्योगहरुमा महिलाहरुको हिस्सा ठूलो छैन र कार्यरतहरुको पदीयस्तर पनि तल्लो तहको छ । यस्तो अवस्थालाई परिवर्तन गरी सबै नागरिकलाई आर्थिक सम्भावनाका रुपमा सबलीकरण गर्न महिलाको सामाजिक र राजनीतिक समावेशिता प्रवद्र्धन गर्न सक्रिय प्रयास जरुरी रहन्छ ।

यो लैङ्गिक खाडल बन्द गर्नु नै महिला र पृथ्वीका लागि राम्रो काम गर्नु हो । यो स्मार्ट अर्थतन्त्र पनि हो । यो अवसर नगुमाऔं ।

इसाबेला लोभिन स्विडेनकी उपप्रधानमन्त्री हुन् । ङोजी ओकोन्जो इवेला नाइजेरियाकी पूर्व अर्थमन्त्री र विश्व बैंककी प्रबन्ध निर्देशक तथा भ्याक्सिन एलाइन्स् गाभीकी वर्तमान बोर्ड अध्यक्ष र ग्लोबल कमिसन अन दि इकोनोमी एन्ड क्लाइमेटकी सदस्य हुन् । प्रोजेक्ट सिन्डिकेट/रासस