१५ घण्टा व्याट्री व्याकअप दिने माइक्रोसफ्टको नयाँ ल्यापटप, के के छन् फिचर ?



काठमाडौं । अमेरिकी इलोक्ट्रोनिक्स कम्पनी माइक्रोसफ्टले नयाँ सर्फेस ल्यापटप विश्व बजारमा ल्याएको छ ।

यो ल्यापटपमा वइन्डोज १० एसमा आधारित रहेको कम्पनीको दाबी छ । यसको आधिकारीक बिक्री भने जुन १५ बाट हुने कम्पनीले जानकारी गराएको छ ।

यसमा रहेको टच स्क्री डिस्प्ले अहिले सम्मकै पातलो रहेको र यसको बजार मुल्य ९९९ डलर कायम गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यसको प्रतिस्प्रर्धा एप्लको आई सेभेन म्याक्बुक संग हुने बताएको छ ।

यस्ता छन् फिचर

यसको डिजाइन आर्कषक र उत्कृष्ट रहेको छ । १३.५ इन्चको पिक्सललेस टचस्क्रीन जडान भएको छ, १०८० रेजुलेसनमा फोटोहरु उत्कृष्ट देख्न सकिन्छ ।

कोर आई ५ प्रोसेसर जडित साथै प्रयोगकर्ताले कोर आई ७ समेत छनोट गर्न सक्ने छन् । यस ल्यापटपमा ४ जिबी र्याम र १२८ जीबी इन्टरनल मेमोरी रहेको छ ।

प्रयोग कर्ताले आवस्यकता अनुरुप थप अतिरिक्त हार्डडिक्स प्रयोग गर्न सक्ने छन् ।

व्याट्री क्षमता

यसको मुख्य बिषेशता नै व्यट्री व्याकअप रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो ल्यापटप एकपटक फुलचार्ज हुँदा १४ घण्टा ३० मिनेट निरन्तर चल्ने छ ।

त्यसैगरी, कनेक्टीभिटीको लागि यसका एक युएसबी पोर्ट, मिनिडिस्प्ले पोर्ट, सर्फेस पावर कनेक्टर, एसडी कार्ड होल्डर, ३.५ एमएमको एमएस अडियो पोर्ट राखिएको छ ।


पुष्प दुलाल