नेप्सेमा दाहोरो अंकको बृद्धि, हाइड्रोमा झुम्मिए लगानीकर्ता




लामो समयको घटाइपछि नेप्से लगातार दुई दिन बढको छ । सोमबार ८ अंकले बढेको नेप्से मंगलबार १३.५१ अंकले बढेको छ । कारोबार रकममा पनि थोरै सुधार आई ६२ करोड रुपैंयाँको कारोबार भएको छ ।

मंगलबार लगानीकर्ताहरु हाइड्रोमा आकर्षित भएका छन् । सानिमा माइ हाइड्रोको सबैभन्दा बढि कारोबार भएको छ । हाइड्रो उपसूचक पनि ११५.९६ अंकले बढेको छ भने सबैभन्दा बढि सेयर मुल्य बढेका तीन कम्पनी पनि जलबिद्युत क्षेत्र कै छन् ।

मंगलबार १४२ कम्पनीका १० लाख ११ हजार कित्ता सेयर कारोबार भएको छ ।

मंगलबार सबै उपसूचकहरु बढेका छन् । बैंकिङ ७.०२, होटल २२.३६ अंक, बिकास बैंक २५.०६, जलबिद्युत ११५.९६, बित्त ४.४४, बीमा ६६.०१ र अन्य १.४५ अंकले बढेका छन् ।

बजार दोहोरो अंकले बढेपनि मंगलबार कुनैपनि कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएनन् । अपि पावर, बुटवल पावर, सानिमा हाइड्रो र मेरो माइक्रोका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढिले कमाएका छन् ।

यसैगरी सिनर्जी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि ३.६३ प्रतिशतले गुमाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स र स्वालम्बन माइक्रोफइनान्सका लगानीकर्ताले पनि २ प्रतिशत भन्दा बढिले गुमाएका छन् ।

मंगलबार सानिमा माइहाइड्रो, प्राइम लाइफ र प्रभु बैंकको सबैभन्दा बढि कारोबार भएको छ । उनीहरुको क्रमशः ४ करोड ६९ लाख , २ करोड ९३ लाख र २ करोड ५८ लाख रुपैंयाँको कारोबार भएको छ ।


क्लिकमान्डु