कुलमानले भावुक हुँदै भने- एलईडी बल्ब खरिदमा कुनियत देखिए झुण्ड्याइदिए हुन्छ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट ल्याउन लागिएको एलईडी बल्बमा कुनै अनियमितता नभएको बताएका छन् ।

उनले आज आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै कुनियत देखिएमा आफूहरुलाई झुण्ड्याइदिए हुने बताए ।

घिसिङले बल्ब खरिदमा कुनै अनियमितता नभएको बताए ।

‘यदि कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ,’ उनले भने, ‘लिड बल्ब खरिदमा नियतमाथि शंका गरिएको छ ।’

नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनीबाट २ करोड थान एलइडी बल्ब किन्न लागेको छ । यसले लोडसेडिङ अन्त्यका लागि सहज हुने प्राधिकरणको भनाई छ ।

उनले लिड बल्बबाट नेपाली जनताको पैसा नखाने उल्लेख गर्दै खान चाहेको भए लोडसेडिङ गराएरै पैसा खान सकिने धारणा राखे ।

‘पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ,’ उनले भने ।


क्लिकमान्डु