भीम माविमा पक्की भवन निर्माण



म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख सहयोगमा विद्यालयमा सो कक्षाकोठा भवन निर्माण भएको हो ।

सो भवनको एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा ब्रिटिस गोर्खाज वेलफेयरका अफिसर खेम गुरुङले भवन उद्घाटन गर्दै सो भवन विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयमा कक्षाकोठा भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनको लागि सहज भएको विद्यालयका शिक्षक प्रकाश सुवेदीले बताए । सो विद्यालयमा हाल २७० जना विद्यार्थी अध्ययनरत छन् ।


क्लिकमान्डु