मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत



मोरङ । मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवनसारडा पक्षले बहुमत हासिल गरेको छ ।

गए राति सम्पन्न मतगणनाअनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी, (५८९) पवनकुमार सारडा (३५६) अनिल सारडा (३५०) दिपेश सुवेदी (३५०) पवन राठी (३४२) देवासीस गोल्छा (३३८) सुनिलकुमार टिवडेवाल (३३७) ललीतकुमार बोहोरा ( ३२६) मत ल्याई कार्यकारी सदस्यमा विजयी भएका छन् ।

त्यसैगरी उद्योगी एव्म वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत पक्षका बहुसङ्ख्यक उम्मेदवार पराजित भएका छन् ।

पवन सारडा व्यापार सङ्घको पूर्व अध्यक्ष हुन् । हाल विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकका तर्फका सांसद हुन् । मोरङ व्यापार सङ्घका निर्वाचन अधिकृत अधिवक्ता भरत थापाका अनुसार व्यापार सङ्घको सदस्यमा निर्वाचित प्रतिनिधिले अध्यक्ष, उपाध्यक्ष र महासचिव छान्ने छन् ।


क्लिकमान्डु