प्रतिकित्ता ३० हजार मुल्य रहेको युनिलिभरको नाफा घट्यो



काठमाडौ । नेपालको सर्वाधिक महंगो सेयर भएको युनिलिभिरको नाफा घटेको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म रिपोर्टमा नाफा ४.१८ प्रतिशतले घटेको छ । गत बर्ष तेस्रो त्रैमाससम्म ३३ करोड ४३ लाख रुपैंयाँ खुद नाफा कमाएको कम्पनीले यस बर्ष ३२ करोड ३ लाख रुपैंयाँ मात्र कमाएको छ ।

कम्पनीले कुल खर्च गत बर्षको ७५ करोड ७९ लाख रुपैंयाँ बाट १ अर्ब पुगेका कारण खुद नाफामा केही गिरावट आएको जनाएको छ । प्रति कित्ता ३० हजार हाराहारीमा कारोबार भैरहेको कम्पनीले संचालन नाफा भने ४ प्रतिशतले बढाएको छ ।

कम्पनीको जगेडाकोष पनि गत बर्षको १ अर्ब ४१ करोडबाट १ अर्ब ६८ करोड रुपैंयाँ पुगेको छ । गत बर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १०२० प्रतिशत लाभांस दिएको कम्पनीको प्रति सेयर आम्दानी ४ सय ६३ रुपैंयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात झण्डै २५ गुणा छ ।


क्लिकमान्डु