आर्थिक बृद्धिदर ४.४६ प्रतिशत हुने युएनको प्रक्षेपण



काठमाडौं । सरकारले ६.९ प्रतिशतको आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको बेला सयुक्त राष्ट्रसंघले भने नेपालको आर्थिक बृद्धिदर ४.४६ प्रतिशत हुने सार्वजनिक गरेको छ ।

सयुक्त राष्ट्रसंघ अन्तर्गतको एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक कमिसन(इसक्याप)ले आर्थिक बृद्धिदरको तथ्यांक सार्वजनिक गर्दै यो वर्ष ४.६ प्रतिशत र अर्को वर्ष ४.८ प्रतिशत आर्थिक बृद्धिदर हुने जनाएको हो ।

प्रक्षेपण सार्वजनिक गर्दै एसक्यापकाका विशेषज्ञ एन्ड्रेड बोस्टेल्जाले सरकारले खर्च गर्न नसकेको कुरा औल्लाए ।

नेपाल सरकार तथा अन्य दातृ निकायले सयुक्त राष्ट्रसंघले प्रक्षेपण गरेभन्दा बढी आर्थिक बृद्धिदर हासिल हुने तथ्यांक आएको विषयमा भने उनले इसक्यापको आफ्नै फर्मुला रहेको र सो अनुसार आर्थिक बृद्धिदर प्रक्षेपण गरिएको बताए ।

अर्थशास्त्री डा पोषराज पाण्डेले देशमा समस्या भएपनि अब हुने लागेको स्थानीय तह निर्वाचन लगायतका कुराले नयाँ सम्भावना देखाएको बताए ।

संयुक्त राष्ट्रसंघले फरक तरिकबाट आर्थिक बृद्धिदरको तथ्यांक निकाल्छ । जसले गर्दा सरकार तथा अन्य दातृ निकायले निकालेको भन्दा उसले निकालेको तथ्यांकमा आर्थिक बृद्धिदर ४.४६ प्रतिशत मात्र हुने देखिएको हो ।


क्लिकमान्डु