सामुदायिक वनको लगानी ग्रामीण सडकमा



डोटी। सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ ।

शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको आठ लाख रुपैयाँ बराबरको लगानीमा आदर्श गाउँपालिका–५ बलीगाउँदेखि शिखर नगरपालिका–११ तल्लोसातसम्म जोड्ने सडकको निर्माण थालिएको छ ।

सडकको लम्बाई करिब साढे तीन किलोमिटर रहेको छ । सो सडकको समाजसेवी मानबहादुर रावलले आइतबार शिलान्यास गरे। सामुदायिक वनले खोटो, काठपुर्जी आन्तरिक करलगायतका स्रोतमार्फत गरेको आम्दानी सडक निर्माणमा लगाउन लागेको सो सामुदायिक वनका अध्यक्ष  भीमबहादुर बोहराले बताए।

यसअघि पनि सो सामुदायिक वनले आफ्नो आम्दानीबाट सोही वडामा रहेको भगबती आधारभूत विद्यालयको चार कोठे भवन, दुर्गा भगवती मन्दिर, घटला बाबा मन्दिर र पाँच वटा  खानेपानीका न्वाला (कुवा)हरु निर्माण गरिसकेको स्थानीय शिक्षक दीपक बोहराले बताए ।


क्लिकमान्डु