ग्लोबल आइएमई बैंकको एटिएम नयाँ बानेश्वरमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ ।

नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरि बैंकले नयाँ बानेश्वरको एटिएम लाउन्चमा आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ । बैंकको ९४ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, १०७ वटा एटिएम, ४४ वटा शाखा रहित बैकिङ सेवा रहेका छन् ।


क्लिकमान्डु