तीन महिनामै पक्की मोटरेबल पुल निर्माण



डडेल्धुरा। डडेल्धुराको वुडर जोगबुढा सडकखण्डको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण गरिएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र वुडर जोगबुढा सडकको सुनखोलामा निर्माण गरिएको पक्की मोटरेबल पुल निर्माण भएको  निर्माण कम्पनी सवकन्स्ट्रयाक्टर जय विष्णु निर्माण सेवा प्रालि काठमाडौँका इन्जिनियर अनिल सिलवालले बताए ।

स्थानीय पूर्वाधार कृषि सडक आयोजनाअन्तर्गत जिल्ला समन्वय समिति, डडेल्धुराको रु एक करोड ७३ लाखको लागतमा  निर्माण भएको पुलको लम्बाइ २५.५ मिटर रहेको छ । एक वर्षमा  निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण सुरु गरेको तीन महिनामै सम्पन्न गरेको जिल्ला समन्वय समिति,डडेल्धुराले जनाएको छ ।

सुनखोलामा पक्की मोटरेबल पुल निर्माण हुँदा जिल्लाको भित्रि मधेस क्षेत्रका सयौँ गाउँका हजारौँ स्थानीय बासिन्दालाई आवतजावत गर्नका साथै यातायात सञ्चालनमा सहज भएको छ । वुडर जोगबुढा सडकमा दैनिक दर्जनौँ मालबाहक र यात्रुबाहक सवारी साधन सञ्चालन हुने गरेका छन् ।

 


क्लिकमान्डु