व्यवसायमा सफल हुन बाबा रामदेवले दिए सात टिप्स



नयाँ दिल्ली । योगगुरु बाबा रामदेवको कम्पनी पतन्जली आर्युवेदले गतवर्ष एक खर्ब भारतीय रुपैयाँको व्यापार गरेको छ । अघिल्लो वर्षभन्दा कारोबार रकम दोब्बर बनाएको पतन्जलीले यो वर्ष २ खर्ब भारतीय रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ ।

बाबा रामदेव योगमात्र नभएर व्यापारको पनि ज्ञान छ । हेरौ रामदेवका व्यापारमा सफल हुने सात मन्त्र

व्यापारमा अगाडि बढ्न समय जहिलेपनि हुन्छ

पतन्जलीले एफएमजीको उत्पादन गर्दा बजारमा ठूला बहुराष्ट्रिय कम्पनीको दबदबा कायम थियो । पतन्जलीले जुन बस्तु उत्पादन गरेको छ । त्यी सबै बस्तु ठूला कम्पनीले उत्पादन गरेका थिए । उनीहरुको बजारमा अधिपत्य थियो । यस्तो प्रतिस्पर्धामा पनि रामदेवको कम्पनी पतन्जलीले बस्तुहरु बजारमा ल्यायो र सफल भयो । यसले बजारमा कसैले कही उत्पादन ल्यायो सकिदैन भन्ने कुरालाई अस्विकार गरेको छ ।

पैसाको लडाई महत्वपूर्ण हो

बजारमा पैसाको लडाई महत्वपूर्ण हुन्छ । पतन्जलीका धेरैजसो उत्पादन बजारमा प्रतिस्पर्धीको तुलनामा सस्तो छन् ।

ग्राहकलाई सस्तोमा सामान किन्न पाउँनुपनि ठूलो कुरा हो । पतन्जलीको व्यापार बढ्नुको कारण मुल्य सस्तो हुनुपनि एक कारण हो । बजारमा उपस्थिती बढाउनको लागि न्यून मुल्यमा धेरै बस्तु बेच्नुपर्ने कुरा यसबाट सिकिन्छ ।

पैसाको उपयोग सही ठाउँमा गर्नुहोस्

ठूला कम्पनी विज्ञापनमा अत्याधिक खर्च गर्छन् । यो खर्च बस्तुको उत्पादन लागतसँग जोडिएको हुन्छ ।
बाबा रामदेव विज्ञापनमा कम खर्च गरेका छन् । त्यसको लागि उनले प्रोडक्टको मुल्य कम राखेका छन् । यसले विज्ञापनमा अत्याधिक खर्चभन्दापनि त्यसबाट वस्तुको लागत कम गरेमा बजारमा फाइदा हुने देखिन्छ ।

उत्पादन आफै बोल्छ

पतन्जलीले आफ्नो मुख्य प्राथमिकता उत्पादनको गुणस्तरमा राखेको छ । ठूला विज्ञापनभन्दा उत्पादनको गुणस्तर ठूलो कुरा हो । कम्पनीले स्वदेशी घिउँबाट १४ अर्ब तथा टुथपेस्टबाट ९ अर्ब ४० करोड भारुको कारोबार गरेको छ ।

बेबी होइन बाबा चाहिन्छ

पतन्जलीको सबैभन्दा ठूलो सफलता कम्पनीको ब्राण्ड एम्बेस्डर आफै बाबा रामदेव छन् । यसले यो कुराको पुष्टी गरेको छ उत्पादन र ब्राण्ड एम्बेस्डरबीच समन्यन भएमा कम्पनी सफलतामा जान्छ । यसले उत्पादनको लागि कुनै सुन्दर युवती आवश्यक नपर्ने देखाएको छ ।

उपभोक्ता नै सबैथोक हो

पतन्जलीले ठूला कम्पनीलाई एउटा शिक्षा दिएको छ । उपभोक्तालाई लामो समयसम्म चुसेर फाइदा लिन सकिदैन । उपभोक्तालाई न्यून मुल्यमा उत्पादन दिदा यसबाट मन जित्न सकिन्छ । ग्राहकलाई विकल्प नहुँदासम्म महंगो मुल्यको बस्तु प्रयोग गरेपनि बिकल्प भएपछि त्यो प्रयोग गदैनन् ।

उच्च स्तरिय व्यवस्थापक चाइदैन

जुन स्थितीमा अहिलेका एफएमजी उत्पादन गर्ने कम्पनी पुगेका छन् । त्यसको लागि उनीहरुले धेरै लामो समय खर्च गरेका छन् । बाबा रामदेवले ठूला व्यवस्थापनका सुत्रलाई फेल बनाइदिएका छन् ।


क्लिकमान्डु