कुलमानको अर्काे योजनाः जनतालाई साढे २ खर्बको आइपिओ दिने




काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २५ सय मेगावाट क्षमताका विभिन्न आयोजनाहरु कम्पनी मोडलमा बनाउने भएको छ ।

आठवटा आयोजना कम्पनी मोडलमा बनाउँदा सर्बसाधारणले साढे २ खर्ब रुपैयाँ जतिको साधारण सेयर (आइपिओ) मा लगानी गर्न पाउने भएका छन् ।

घण्टौं कुरेर सर्बसाधारणले सेयर पाइएन भन्ने अबस्था छ, पैसा बाँकी हुन्जेल र लगानी गर्न चाहुन्जेल सेयर लगानी गर्न पाउने गरी सेयर प्रदान गरेर आयोजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाएका छौं,’ घिसिङले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले अबको तीन बर्षभित्रमा आठवटै आयोजना निर्माण प्रक्रियामा लगिसक्ने तयारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले जानकारी दिए ।

‘आठवटै आयोजना कम्पनी मोडलबाट बनाउँदै छौं, घण्टौं कुरेर सर्बसाधारणले सेयर पाइएन भन्ने अबस्था छ, पैसा बाँकी हुन्जेल र लगानी गर्न चाहुन्जेल सेयर लगानी गर्न पाउने गरी सेयर प्रदान गरेर आयोजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाएका छौं,’ घिसिङले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले आठवटै आयोजना निर्माण गर्दा थप २५ सय मेगावाट विजुली उत्पादन हुनेछ । यी आयोजना निर्माणको लागि करिब ५ खर्ब रुपैयाँ खर्च लाग्ने घिसिङले जानकारी दिए ।

‘आठवटै आयोजना कम्पनी मोडलबाट बनाउने निर्णय भइसकेको छ, कम्पनी मोडलबाट बनाउँदा प्राधिकरणको ५१ प्रतिशत र सर्बसाधारणको ४९ प्रतिशत सेयर लगानी हुने गरी बनाइएको छ, यसो हूँदा सर्बसाधारणको लगानी करिब साढे २ खर्ब रुपैयाँको हाराहारीमा हुने देखिन्छ,’ घिसिङले भने ।

प्राधिकरणले ७६२ मेगावाट क्षमताको तमोर, ३०० मेगावाटको दुधकोशी, ८७ मेगावाटको तामाकोशी ५औं, ३०० मेगावाटको उत्तरगंगा, ४० मेगावाटको राहूघाट, ६० मेगावाटको मोदी, ३३५ मेगावाटको माथिल्लो अरुण र १८० मेगावाटको आँधिखोला बनाउन लागेको हो ।


क्लिकमान्डु