पाटाको क्षमता अभिवृद्धि तालिम



काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यहाँ सञ्चालन गरेको दुईदिने तालिम आज यहाँ सम्पन्न भएको छ ।

आगामी जुन १ देखि ४ सम्म आयोजना हुने ‘हिमालयन ट्राभल मार्ट–२०१७’ तथा इन्टरनेसानल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फेन्सको आयोजनाका लागि आवश्यक विविध विधामा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले सुरु गरेको ‘क्यापासिटी बिल्डिङ इन माइस् टुरिजम’ अभियानअन्तर्गत सो तालिम दिइएको हो । एसियाली माइस् इन्डस्ट्रिजमा प्रख्यात व्यक्तित्व एवम् विज्ञ थाइल्यान्डका डा बर्ट भान वालबिकले सो तालिममा प्रशिक्षण दिएका थिए ।

नेपाल एयरलाइन्स, होटल माया मेनोर र मिड भ्याली इन्टरनेसनल कलेजको सहयोगमा पाटा नेपालद्वारा सञ्चालित सो तालिममा विद्यार्थीहरू, एयरलाइन्स, होटल तथा पर्यटन बोर्डका गरी करिब ७० जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले विद्यार्थीको व्यक्तित्व विकास र हिमालयन ट्राभल मार्टको सफल आयोजनाका लागि आवश्यक जनशक्ति निर्माण गर्न तालिम उपयोगी हुने बताए । रासस


क्लिकमान्डु