काठमाडौंमा आज लोडसेडिङ हुने



काठमाडौं । काठमाडौैंमा आज पाँचघण्टा सम्म लोडसेडिङ हुने भएको छ । विद्युत् प्रधिकरणका अनुसार काठमाडौंका विभिन्न स्थानमा लोडसेडिङ हुन लागेको छ ।

सडक विस्तार तथा अन्डग्राउडण्का कार्यले बिहान ११ बजे देखि ४ बजेसम्म लोडसेडिङ हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

कुन स्थानमा हुँदै छ लोडसेडिङ

स्यूचाटार–कालीमाटी फिडर अन्तर्गत

दुर्गानगर कोलोनी, कलंकी, लामपाटी, रविभवन, सोल्टीमोड, छाउनी, किमडोल, वाःहिटी, सीतापाइला (रिङ्गरोडभित्र) हुदै कान्तिपुर हलसम्मका क्षेत्र ।

स्यूचाटार–स्वयम्भु फिडर अन्तरर्गत

बाफल, सोल्टीदोबाटो, रामकोट खरिटर, सीतापाइला, स्वयम्भू कारखाना चोक, सशस्त्र प्रहरी प्रधान कार्यालय, महाडोल, आदेश्वर गुम्बा, रामकोट भीमढुङ्गा हुदै छत्रेदेउरालीसम्मका स्थानहरुमा ।


क्लिकमान्डु