बाहुबली- २ गर्यो तीन अर्ब रुपैयाँको बीमा



नयाँ दिल्ली । फ्युचर जनरल इन्स्सोरेन्स कम्पनीले तेलगु फिल्म बाहुबली- २ को २ अर्ब भारतीय रुपैयाँको बीमा गराएको छ । बीमा कम्पनीले फिल्म प्याकेज इन्स्सुरेन्स प्रोडक्ट अन्तर्गत बीमा गरेको हो ।

बीमा कम्पनीले यो बीमा प्रि प्रोडक्सन देखि लिएर पोस्ट प्रोडक्सन सबै जोखिम बहन गर्नको लागि गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा यो पोलिसीमा फिल्मका अभिनेताको दुर्घटना बीमा वा मृत्यु बीमा तथा फिल्म रिलिज हुनबाट भएको क्षती कभर हुन्छ ।

एसएस राजामैलीको फिल्म बाहुबली पछिल्लो समयको महंगो फिल्म हो । यसले अहिलेसम्मकै रेकर्ड तोडेको छ ।पिटिआईबाट


क्लिकमान्डु