एसबिआई,प्राइम र सनराइजमा को अब्बल



काठठमाडौं । एसबिआई,प्राइम र सनराइजले आज तेस्रो त्रैमासिक अवधीको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा एसबिआईको नाफाको एक अर्ब नाघेको छ भने प्राइम र सनराइजको नाफा एक अर्बभन्दा कम छ ।

नेपाल एसबिआइ बैंक पनि तेस्रो त्रैमासमै अर्बपति क्लबका प्रवेश गरेको छ । बैंकले ख्ुद नाफा १६.२१ प्रतिशतले बढाएको छ । गत बर्ष बैंकको आम्दानी ९५ करोड ३ लाख रुपैंयाँ थियो । बैंकले ब्याज आम्दानी पनि २६.२४ प्रतिशतले बढाएको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैंयाँ रहेको छ । राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब पूँजी पुर्याउन बैंकले ४० प्रतिशत हकप्रदको पनि धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।
बैंकले गत बर्षको ६३ अर्ब ४१ करोड रुपैंयाँ निक्षेपको तुलनामा यस बर्ष ८५ अर्ब ४६ करोड रुपैंयाँ पुर्याएको छ । यसैगरि कर्जा परिचालन पनि ४६ अर्ब २० करोड रुपैंयाँबाट ६१ खर्ब ७१ करोड रुपैंयाँ पुगेको छ ।

बैंकले खराब कर्जा पनि गत बर्षको ०.१४ प्रतिशतबाट थोरै घटाएर ०.१२ प्रतिशतमा झारेको छ ।

आजै प्राइम कर्मसियल बैंकले पनि आफ्नो अपरिष्कृत बित्तीय बिवरण प्रकाशित गर्दै खुद नाफा २४.४५ प्रतिशतले बढाएको जनाएको छ ।

बैंकले गत बर्ष सोहि अबधिको ७० करोड ९५ लाख रुपैंयाँको तुलनामा यस बर्ष ८८ करोड २९ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंको संचालन नाफा पनि ४५ प्रतिशतले बढाएको छ ।
बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ५६ अर्ब निक्षेप संकलन र ४८ अर्ब ६१ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । गत बर्ष बैंकले ४६ अर्ब २७ करोड निक्षेप संकलन र ३७ अर्ब कर्जा परिचालन गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ७९ करोड रुपैंयाँ रहेको छ भने जगेडाकोषमा १ अर्ब ९१ करोड रुपैंयाँ छ । बैंकले प्रति सेयर आम्दानीलाई २०.३२ रुपैंयाँमा कायम राखेको छ ।

सनराइज बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८५ करोड ७९ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अबधिको भन्दा खुद नाफा ४७.१० प्रतिशतले बढाएको हो ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ४५ करोड रुपैंयाँ रहेको छ भने जगेडाकोष पनि २ अर्ब पुगेको छ । गत बर्ष चुक्ता पूँजी ३.३३ अर्ब थियो भने जगेडाकोषमा १.०२ अर्ब रुपैंयाँ थियो ।

बैंकले निक्षेप संकलन र कर्जा परिचालनमा पनि ४०.६५ र ४६.४० प्रतिशतको प्रगति गरेको छ । बैंकको कुल ब्याज आम्दानी पनि १ अर्बबाट १ अर्ब ६२ करोड रुपैंयाँ पुगेको छ ।

खराब कर्जालाई २.२८ प्रतिशतबाट १.५० प्रतिशतमा झारेको बैंकको प्रति सेयर आम्दानी २०.९८ र मुल्य आम्दानी अनुपात २७.१७ रहेको छ ।


क्लिकमान्डु