कृषि विकास बैंकले कमायो चैत मसान्तमा एक अर्ब ५७ करोड नाफा



काठमाडौं । कृषि बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५७ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । यो गत बर्षको सोहि अबधिको तुलनामा २९.८० प्रतिशतले बढि हो । गत बर्ष बैंकले १ अर्ब २१ करोड रुपैंयाँ खुद नाफा कमाएको थियो ।

५० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस सेयर जारी गरेर पुँजी बढाएको बैंकले सोहि अनुपातमा खुद नाफा भने बढाउन सकेको छैन । बैंकको प्रति सेयर आम्दानी ४१.०८ प्रतिशतबाट २९.६३ प्रतिशतमा आइपुगेको छ ।

बैंकको संचालन नाफा ६८ करोड ४५ लाखबाट बढेर १ अर्ब ८१ करोड रुपैंयाँ पुगेको छ ।

बैंकले निक्षेप संकलनमा ७.२० प्रतिशत र कर्जा परिचालनमा १९.४० प्रतिशतको सुधार गरेको छ । ७.०८ अर्ब रुपैंयाँ चुक्ता पूँजी भएको बैंकको जगेडाकोषमा ८ अर्ब ६८ करोड रुपैंयाँ छ ।


क्लिकमान्डु