नेपाल पुनर्बीमा कम्पनीको विशेष साधारण सभा सम्पन्न, पाण्डे र अग्रवाल नयाँ सञ्चालक निर्वाचित



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको विशेष साधारण सभा विहिवार ललितपुरमा सम्पन्न भएको छ ।

कम्पनीको नियमावलीको नियम २७ मा व्यवस्था भए अनुसार समुह ख (१) को  निर्जीवन बीमा कम्पनीको तर्फबाट प्रतिनिधित्व हुने दुई सञ्चालक नियुक्त हुने व्यवस्था अनुसार सो विशेष साधारण सभामा  निर्वाचनबाट शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रतिनिधत्व गर्दै निकुञ्ज अग्रवाल विजयी भएका छन् ।

साथै कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको प्रगति विवरण प्रस्तुत गरेका थिए । सो र्निवाचनमा ५ जना उमेद्वारले उमेद्वारी दिएका थिए ।


क्लिकमान्डु