आर्थिक पत्रकारलाई नेपाल लाइफमा साढे ७ लाखको बीमा सित्तैमा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १७ वर्ष पुगेको अवसरमा साढे ७ लाख रुपैयाँको बीमा निशुल्क दिने भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आबद्ध २ सय ५४ आर्थिक पत्रकारलाई साढे २ लाख रुपैयाँ बीमांकको स्मार्ट जीवन बीमा निशुल्क प्रदान गरेको छ । उक्त बीमा लेखमा साढे २ लाखको दुर्घटना बीमा तथा साढे २ लाखको पूर्ण अशक्ता बीमा र सहित साढे ७ लाखको बीमा बराबरको १ वर्षको लागि जोखिम बहन गर्ने जनाएको छ ।

कम्पनीको १७ औ वार्षिकउत्सवमा एक कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थी मार्फत हस्तान्तरण भएको छ ।

‘स्मार्ट हुनुहोस्,जिम्मेवार बन्नुहोस्’ भन्ने नारा रहेको स्मार्ट जीवन बीमा योजनाले हरके तह र तप्काका व्यक्तिलाई दैनिक १० रुपैयाँको दरले १० लाखको जीवन बीमा गराउन सकिने जनाएको छ ।


क्लिकमान्डु