एक महिनामा निक्षेप घट्यो कर्जा २४ अर्बले बढ्यो



काठमाडौं । पछिल्लो एक महिनामा वाणिज्य बैंकमा निक्षेप घटेको देखिएको छ । यस्तै कर्जा विस्तार भने २४ अर्ब रुपैयाँले बढेको छ ।

चैत १५ सम्ममा २८ वाणिज्य बैंकमा विदेशी मुद्रामा भएको निक्षेप सहित १९ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । बैशाख १५ मा आइपुग्दा निक्षेप घटेर १९ खर्ब ४४ अर्ब रुपैयाँमा आएको छ ।

स्वदेशी मुद्रामा एक महिना अगाडि १८ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप थियो । अहिले निक्षेप १८ खर्ब ३६ अर्ब रुपैयाँमा आएको छ ।

वाणिज्य बैंकमा निक्षेप घटेपनि कर्जा विस्तार भने पछिल्लो एक महिजामा आक्रमक ढंगबाट भएको राष्ट्र बैंकको तथ्यांकले देखिन्छ । एक महिना अगाडि १६ खर्ब ३४ अर्ब रुपैयाँमा रहेको कर्जा लगानी अहिले १६ खर्ब ५८ अर्ब रुपैयाँमा पुगेको देखिन्छ ।

यसले बैंकहरुले निक्षेप आकर्षण नगरेपनि कर्जा विस्तार गरेको देखिएको छ ।


क्लिकमान्डु