बागी उठ्ने उम्मेद्वारलाई कांग्रेसले कडा कारबाही गर्ने



काठमाडौं । कांग्रेसले पार्टीले टिकट दिएका आधिकारी उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी र्फिता नलिए कडा कारबाही गर्ने चेतावनी दिएको हो।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै आधिकारी उम्मेदवारविरुद्ध दिएको मनोनयन र्फिता लिन आग्रह गरेका हुन्। फिर्ता नलिए कडा कारबाही हुने विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी र्फिता लिन आग्रह गर्दै कांग्रेसले त्यसलाई अस्वीकार गरे कारवाही गर्ने चेतावनी दिएको हो ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता वागी उम्मेदवार र नीजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा निर्णयानुसार जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएको छ।


पुष्प दुलाल