महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस



काठमाडौं । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा सचिव टंकमणि शर्मालाई सिफारिस गरेको छ । उनी अहिले प्रधानमन्त्री कार्यालयमा सचिव पदमा कार्यरत छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सरकारको लेखा परिक्षण गर्ने निकायको प्रमुखमा टंकमणि शर्मालाई बनाउने निर्णय गरेको हो ।

महालेखा परीक्षकको कार्यालय संवैधानिक निकाय हो । सरकारले गर्ने खर्चको लेखा परिक्षण गर्ने गर्छ । भानु आचार्यले केही महिना अगाडि राजिनामा दिएपछि महालेखा परीक्षकको पद खाली थियो ।


क्लिकमान्डु