एभरेष्ट बैंकलाई ३३ प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति



काठमाडौं । धितोपत्र बोर्डले एभरेष्ट बैंकले ३३ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले बुधवार एभरेष्टलाई ३ :१ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो ।

एभरेष्ट बैंकले एक अर्ब ५० करोड ८८ लाख रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । अहिले एभरेष्टको चुक्ता पुँजी चार अर्ब ५२ करोड छ । हकप्रद सेयर जारी गरेपछि एभरेष्टको चुक्ता पुँजी ६ अर्ब २ करोड पुग्छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजीको लागि यो रकम १ अर्ब ९८ करोड रुपैयाँले अपुग हो ।

एभरेष्टको बुधवार सम्पन्न भएको साधारणसभाले ७० प्रतिशत रहेको संस्थापक सेयरको स्वामित्वलाई ५१ प्रतिशतमा झार्ने निर्णय गरेको छ । उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्वाएर गर्नपनि संचालक समितिलाई अनुमति दिएको छ ।


क्लिकमान्डु