वेलवासमा मिनी पार्क निर्माण हुँदै



दमौली। तनहुँको व्यास नगरपालिका–१३ स्थित वेलवासमा मिनी पार्कको निर्माण कार्य सुरु गरिएको छ ।

व्यास नगरपालिकाको तीन लाख रुपैयाँ र जनश्रमदान ९० हजार रुपैयाँ गरी तीन लाख ९० हजार रुपैयाँको लागतमा सो पार्क निर्माण हुने पार्क निर्माण समितिका संयोजक यामबहादुर आलेले बताए ।

वेलवासलाई नमुना सहर बनाउने उद्देश्यले मिनी पार्क निर्माण थालिएको हो । सो पार्क हाताभित्र सुन्दर बगैँचा, प्रतीक्षालयका साथै सुन्दर र रमणीय अन्य संरचना निर्माण गरिने बताइएको छ ।


क्लिकमान्डु