मकैको बीउमा कृषकलाई अनुदान



सल्यान। जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ ।

यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिए।

जिल्लामा वैशाख दोस्रो हप्तादेखि जेठको पहिलो हप्तासम्म मकै रोप्ने समय हो । सोही समयभित्रमा सबै कृषकलाई बीउ वितरण गरिने छ । कृषकको मागका आधारमा दुई सय क्विन्टल मकैको बीउ उपलब्ध गराएको घिमिरेले बताए।

‘अनुदानमा दिइने बीउ जिल्लाका विभिन्न स्थानमा रहेका कृषि सेवा केन्द्रबाट प्राप्त गर्न सकिने छ,’ उनले भने।


क्लिकमान्डु