नेपाल लाइफ इन्स्सुरेन्सले चैत मसान्तसम्म कमायो ४० करोड



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ४० करोड ९६ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत बर्षको सोहि अबधिको तुलनामा ७२ प्रतिशतले खुद नाफा बढाएको हो । कम्पनीले गत बर्ष तेस्रो त्रैमाससम्म २३ करोड ८० लाख रुपैंयाँ कमाएको थियो । कम्पनीको कुल प्रिमियम आम्दानी २५.३६ प्रतिशतले बढेको छ । गत बर्षको ६ अर्ब २३ करोडको तुलनामा यस बर्ष ७ अर्ब ८१ करोड पुगेको छ ।

कम्पनीको पोलिसि संख्या १० लाख २४ हजार पुगेको छ भने ग्राहक संख्या १५ हजार ८ सय ७२ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैंयाँ पुगेको छ । एफपिओ पश्चात कम्पनीको जेगेडा कोषमा ठूलो बृद्धि भइ ४ अर्ब १ करोड रुपैंयाँ पुगेको छ । गत बर्ष कम्पनीको जेगेडा कोषमा ७२ करोड ८७ लाख रुपैंयाँ मात्र थियो ।

हाल कम्पनीको प्रति सेयर आम्दानी १७.६४ रुपैंयाँ छ भने मुल्य आम्दानी अनुपात १४१ गुणा छ ।


क्लिकमान्डु