दुई बिद्यार्थीलाई एग्बोसाको सहयोग



काठमाडौं । एग्बोसा काठमाडौंले पोखराको गण्डकी र्बोडिङ स्कुलका दुई विद्यार्थीको पढाइको लागि सहयोग स्वरूप रू.३००,०००९तीन लाखको चेक स्कूललाई हस्तान्तरण गरेको छ ।

यस शैक्षिक सत्रमा कक्षा ४ मा भर्ना भएका डोल्पा र सर्लाही जिल्लाका बिद्यार्थीलाई यस्तो सहयोग गरिएको हो । उनिहरुको कक्षा १२ सम्मको पढाईमा एग्बोसा काठमाडौंले सहयोग गर्ने अध्यक्ष रेखा शाह कार्कीले जानकारी दिइन् ।

कार्यक्रममा कक्षा १० का विद्यार्थी र एग्बोसा काठमाडौंका सदस्यहरूका बीच अन्तरक्रियात्मक कार्यक्रम समेत भएको थियो । कार्यक्रममा एग्बोसाको उद्देश्य र गतिविधिका बारे प्रकाश पार्ने कामका साथै विभिन्न क्षेत्रमा व्यवासायिक सफलता हासिल गरिसकेका एग्बोसा सदस्यहरूद्वारा करियर काउन्सेलिङ लगायत कार्यक्रम भएको थियो ।


क्लिकमान्डु