एमालेको घोषणाः १० वर्षमा १५ हजार मेगावाट विजुली, हिन्द प्रशान्त महासागरमा पानीजहाज



काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको एमालेको घोषणापत्रमा १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा गरेको छ ।

एमालेले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्नको लागि ‘घर घरमा विजुली जन जनमा सेयर) अभियान संचालन गर्ने बताएको छ ।

एमालेले पाँच वर्षभित्रमा काठमाडौं तराई मधेश द्रुत मार्ग निर्माण गर्ने र दोस्रो अन्तराष्ट्रिय विमानस्थल १० वर्षभित्रमा निर्माण सक्ने घोषणा गरेको छ ।

काठमाडौंमा मेट्रोरेल कुदाउने,एक प्रदेश एक अन्तराष्ट्रिय विमानस्थल बनाउने समेटिएको छ ।

केपी ओली प्रधानमन्त्री भएको बेला समुन्द्रमा नेपाली पानीजहाज चलाउने कुरापनि घोषणपत्रमा समेटिएको छ । एमालेले हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजाबहाक पानी जहाज चलाउने घोषणा गरेको छ ।


क्लिकमान्डु