सान्जेन र रसुवागढीको आइपिओ आउने



काठमाडौं । सान्जेन जलबिद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले पहिलो चरणको आइपिओ जारी गर्नका लागि सेयर धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

सान्जेन जलबिद्युत कम्पनीले प्रमोटर कम्पनीका कर्मचारी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र ऋण प्रवाह गरेका संस्थाका कर्मचारीहरुका लागि ८७ करोड ६० लाख रुपैंयाँ बराबारको (८७ लाख ६० हजार कित्ता) सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आइपिओ निष्काशनका लागि नागरिक लगानीकोष लाई इस्यु म्यानेजर नियुक्त गरेको छ ।

सान्जेन जलबिद्युत कम्पनी चिलिमे जलबिद्युत कम्पनीको सहायक कम्पनी हो ।

सान्जेनले ४२.५ मेगावाट क्षमताको सान्जेन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र १४.८ मेगावाटको अपर सान्जेन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट गरि दुई वटा योजना बिकास गर्दै छ ।

आइपिओ पश्चात कम्पनीमा सञ्चयकर्ताहरुको १९.५ प्रतिशत, सञ्चयकोषका कर्मचारीहरुको १ प्रतिशत र अन्य प्रमोटर कम्पनीहरुका कर्मचारीहरुको ३.५ प्रतिशत हिस्सेदारी रहनेछ ।

चिलिमे र नेपाल बिद्युत प्राधिकरण कम्पनीमा प्रमुख प्रमोटर छन् । कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत साधारण सेयर छुट्याएको छ ।

यसैगरि रसुवागढी हाइड्रोपावर कम्पनीले पनि प्रमोटर कम्पनीका कर्मचारी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र ऋण प्रवाह गरेका संस्थाका कर्मचारीहरुका लागि १ अर्ब ६४ करोड रुपेंयाँ बराबरको आइपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सिद्धार्थ क्यापिटल, एनआइबिएल मार्केट, ग्लोबल आइएमइ क्यापिटल, एनसिएम मर्चेन्ट आइपिओको इस्यु म्यानेजर रहेका छन् ।

१ सय ११ मेगावाट क्षमताको जलबिद्यु्त आयोजना बिकास गरिहेको यो कम्पनी पनि चिलिमेको सहायक कम्पनी हो ।

आइपिओ पश्चात कम्पनीमा सञ्चयकर्ताहरुको १९.५ प्रतिशत, सञ्चयकोषका कर्मचारीहरुको १ प्रतिशत र अन्य प्रमोटर कम्पनीहरुका कर्मचारीहरुको ३.५ प्रतिशत हिस्सेदारी रहनेछ । कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत साधारण सेयर छुट्याएको छ । चिलिमे र नेपाल बिद्युत प्राधिकरण कम्पनीमा प्रमुख प्रमोटर छन् ।


क्लिकमान्डु