भूकम्पप्रभावित परिवारलाई सौर्यबत्ती र सुधारिएको चुलो



नगरकोट। भक्तपुरका भूकम्पप्रभावित परिवारलाई जिल्ला समन्वय समिति, वैकल्पिक ऊर्जा केन्द्र भक्तपुरले सौर्यबत्ती र सुधारिएको चुलो वितरण गरेको छ ।

साबिक नगरकोट नगरपालिका–५, अनन्तलिङ्गेश्वर नपा–६, ७ र ८, सूर्यविनायक नपा–१२ र १३, चाँगुनारायण नपा–१, २, ३ र ४ मा सौर्यबत्ती तथा नगरकोट –२, ७, ९, १२ र १३ मा सुधारिएको चुलो वितरण गरिएको हो ।

वैकल्पिक ऊर्जा केन्द्रले उपलब्ध गराएको सामग्री समुदायमा वितरण गर्ने कार्य भने नेपाल रेडक्रस सोसाइटी भक्तपुरले गरेको हो । हालसम्म पाँच सय ८५ भूकम्पप्रभावित घरधुरीलाई सुधारिएको चुलो र तीन हजार पाँच सय ८८ घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको छ ।


क्लिकमान्डु