मास्कबादीसँगै चस्मिस काठमाडौं




काठमाडौं । ‘कालो चस्मा लाऊ है मैया विशाल बजारको
नगर्नु है सुर्ता मैया दुई चार हजारको…।

केही बर्ष अगाडि एउटा नेपाली चलचित्रको यो गीत चर्चाको शिखरमा थियो । आफ्नी प्रेमिकालाई झन राम्री देखाउन कालो चस्मा लगाउने सिफारिस थियो, यो गीतमा ।

समय बदलिएको छ । कालो चस्मा किन्न बिशाल बजार गइरहनु पर्दैन, अहिले । बिशाल बजारमा पाइदैन भन्न खोजिएको भने होइन । अन्यत्र पनि पाइन्छ, कालो चस्मा ।

कालो चस्मा उपलब्धताको दृष्टिकोणबाट मात्रै समय बदलिएको होइन । राम्रो वा राम्री देखिन मात्रै कालो चस्मा लगाउने चलन हरायो, अब । उपत्यकाबासीलाई धुलोमाण्डूले मास्कबादी मात्रै बनाएको छैन, चस्मिस् पनि बनाइसकेको छ ।

काठमाडौंमा अहिले धुलोको कारण मानिसको स्वास्थ्यमा धेरै असर पुगेको छ । मास्क, चस्मा आदि प्रयोग नगरी बाटो हिड्न निकै गाह्रो छ, अचेल ।

धुलोको कारण अहिले धेरै किसिमका रोगहरु फैलिएका छन् । धुलोको कारण मानिसहरुको आखामा पनि अहिले धेरै किसिमका रोगहरु फैलिएका अस्पतालहरुले जानकारी दिएका छन् ।

चस्मा घामबाट सितलता पाउन र मानिसहरु राम्रो देखिन पनि लगाउछन् । चस्माहरु धेरै किसिम र धेरै प्रकारका हुन्छन् । केही सस्तो हुन्छन् त केही महङ्गा । दरबारमार्ग स्थित वाच एन सी सपमा चस्माको मुल्य ७ हजारदेखि ४० हजारसम्म भएको पसलका कर्मचारी सरला लम्सालले जानकारी दिइन् ।

पोलिस, गेस, टमफोर्ट, पोलारोइड, टम हिल फिगर जस्ता उनको पसलमा धेरै ब्राण्डका चस्माहरु भएको उनले जानकारी दिए । प्राय जस्तो इटाली, चाइना, अमेरीकाबाट चस्माहरु आयात हुने लम्सालको भनाइ छ ।

उनको पसलमा सबै भन्दा सस्तो पोलाराइडको चस्मा छ । जसको मुल्य ७ हजार रुपैयाँबाट सुरु हुन्छ । र, सबैभन्दा महङ्गो टमहिल फिगरको चस्मा छ । जसको मुल्य ३० हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ ।

सो चस्मा इटालीबाट आयात हुने लम्सालको भनाइ छ । वाच् एन सीको सप सिटीसेन्टर, सिभिलमल र ब्लुबर्ड कम्प्लेक्समा पनि छ ।

अहिले चस्माको ब्यापार निकै बढेको लम्सालको अनुभव छ ।

त्यस्तै डिल्ली बजारस्थित भिजन अप्टिकल सपमा ५ सयदेखि २२ हजार रुपैयाँसम्मको चस्मा पाइन्छ ।

सो पसलमा रेब्यान, गुच्ची, डाइवर, लेसोट आदि ब्राण्डका चस्माहरु पाइने संचालक आसिक खानले जानकारी दिए ।

यो पनि पढ्नुहोस्-  माओवादी सरकारका ‘मास्कबादी’ जनता (फोटोकथा)


क्लिकमान्डु