बाफिया परित भएपछि गुराँस लाइफको अध्यक्षबाट मोती दुगड बाहिरिए



काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ राष्ट्रपति बाट लालमोहर लागेपछि गुराँस लाइफ इन्सुरेन्सको अध्यक्ष पद मोतीलाल दुगडले छाडेका छन् ।

दुगडसँगै गुराँस लाइफबाट ज्वोति कुमा बेगानीले पनि संचालक पद छाडेका छन् । गुराँस लाइफको अध्यक्ष रहेका दुगड सनराईजन बैंकमा अध्यक्ष थिए । बाफियाले एउटै व्यक्ति बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा संचालक बन्न रोक लगाएको छ ।

बाफियामा भएको व्यवस्थाको कारण एक दर्जनभन्दा बढी संचालकले बैंक र बीमामध्ये एक तर्फको संचालक पद छाड्नुपर्ने हुन्छ ।

गुराँस लाइफको रिक्त संचालकमा रिसी कुमार गाडिया र विवेक दुगड नियुक्त भएका छन् । संचालक समितिले विवेक दुगडलाई अध्यक्ष चुनेको छ ।


क्लिकमान्डु