बेलायतको आर्थिक वृद्धिदरमा मन्द गति




लन्डन । यस वर्षको पहिलो चौमासिकमा बेलायतको आर्थिक वृद्धिदर मन्द गतिमा रहेको शुक्रबार सार्वजनिक भएको एक औपचारिक तथ्यांकले देखाएको छ । उक्त तथ्यांक राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको हो ।

बेलायत युरोपिन युनियनबाट बाहिर निस्किने र आमनिर्वाचनको तयारी घोषणा भएको अवस्थामा यस्तो तथ्यांक बाहिर आएको छ ।

गत मार्च महिनासम्म कुल ग्राहस्थ उत्पादन ०.३ प्रतिशतले मात्र बढेको छ । सन् २०१६ को अन्तिम चौमासिक कुल ग्राहस्थ उत्पादन ०.७ रहेको राष्ट्रिय तथ्याङ्कको कार्यालयले जारी
गरेको विज्ञप्तिमा जनाइएको छ । रासस÷एएफपी


क्लिकमान्डु