बाहुबली-२ हेर्न २४ घन्टामै १० लाख टिकट बुकिङ



काठमाडौं । बाहुबली-२ शक्रुबारदेखि रिलिज भएको छ । यसले अमिर खानको चललित्र दंगलको पनि बुकिङ रेकर्ड तोडेको छ । बाहुबलीले २४ घण्टामा १० लाख टिकट बुकिङ भएको समाचार भारतीय संचारमाध्यमले प्रकाशित गरेका छन् । तेल्गु,तामिल, मलायलम , हिन्दी र कनोड गरेर पाँच भाषमा फिल्म रिलिज भएको थियो । प्रभास,राणा,दग्बुती,अनुस्का शेट्टी,तमन्ना भाटिया,राम्या कृष्णन सत्यराज लगायत कलाकारले अभिनय गरेको बाहुबली २ सन् २०१५ मा आएको बाहुबलीको सिक्वेल हो । बाहुबली १ को कथा कटप्पाले बाहुबलीलाई किन मारेको भन्ने सस्पेन्समा टुगिएको थियो । बाहुबली २ मा कटप्पाले किन मारेको भन्ने उत्तर छ । कटप्पाले बाहुबलीलाई मारेको विषयमा फिल्म निर्माण हुँदा यसमा संलग्न १ सय ५० जनालाई गोपनियताको समथ खुवाइएको थियो । फिल्मको टिकट भारतभर हाउसफुल रहेको मानिसहरु तीन घण्टासम्मपनि टिकटको लागि लाइनमा बसेको समाचारहरु आएका छन् । नेपालमा पनि बाहुबली लागेको हलहरु हाउसफुल छन । अर्थात सबैलाई एउटा मात्र जान्ने जिज्ञासा छ । आखिर किन कटप्पाले बाहुबलीलाई मार्यो ?


क्लिकमान्डु