तस्वीरमा हेर्नुहोस् अर्बपति विनोद चौधरीका छोरा बरुणको बिवाह



काठमाडौं । फोर्ब्सको सूचिमा परेका नेपालका एक्ला अर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह भारतको राजस्थानमा भइरहेको छ ।

भारतीय संचारमाध्यमले बरुणको विवाह भव्य समारोहका साथ भएको भन्दै समाचार प्रकाशित गरेका छन् ।

राजस्थानकी अनुश्री टोयङ्गासँग हुन लागेको विवाहमा भाग लिन श्रींलकाका प्रधानमन्त्री रनिल बिक्रमासिंहे राजस्थान पुगेका छन् ।

उनीहरुको गत वर्ष इन्गेजमेन्ट भएको थियो । राजस्थानको उदिपुरमा माडवारी संस्कृति अनुसार बुधवारदेखि सुरु भएको विवाहको समारोह शुक्रबारसम्म चल्लने छ ।

बरुणको बिवाहमा भारतीय कलाकारदेखि नेपालका उद्योग व्यवसायी सहभागी छन् ।

दुई वर्षअघि विनोदका अर्का छोरा राहुल चौधरीको विवाह राजस्थानको जयपुरमा भव्य समारोहका साथ भएको थियो । त्यो विवाहको समाचार पनि भारतीय संचारमाध्यमले प्राथमिकताका साथ छापेका थिए ।

यस्तो छ बिवाहको सेड्यूल

 


क्लिकमान्डु