१३ बर्ष रोकिएको बाहिरी चक्रपथको काम अब सुरु



काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकालाई जोडदै व्यवस्थित सहरीकरण गर्ने वृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएको  छ ।

१३ वर्षदेखि अनिर्णयको अवस्थामा थन्किरहेको, कुल लम्बाई ७१.९३ किलोमिटर  हुने यस चक्रपथको निर्माणका लागि सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले मन्त्रालयबाट बैशाख १३ गते सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्ण रुप दिएका छन् ।

आउँदो आर्थिक वर्षदेखि यो चक्रपथ निर्माणको प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटरमा निर्माण शुरु हुनेछ । प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनि रहेका छन् । चक्रपथको कुल लम्बाईमध्ये काठमाडौँमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५  किलोमिटर हुनेछ ।

नौ महिनाअघि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि केसीले कर्मचारी संयन्त्रलाई दिएको २५ बुँदे निर्देशन र प्राथमिकतामा परेको यो चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) पनि परिमार्जनसहित तयार भइसकेको छ । मन्त्री केसीले व्यवस्थित सहरीकरण र सुन्दर राजधानी उपत्यकाको निर्माणको लागि जरुरी रहेको बाहिरी चक्रपथ निर्माण प्रक्रियालाई गति दिएको बताए ।

संघीय राजधानीको रुप लिन थालेको काठमाडौँ उपत्यकाका तीनवटै पुराना सहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सन्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोचअनुरुप तयार भएको यो चक्रपथ आयोजना, जग्गा विकास (ल्यान्ड पुलिङ्) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुनेछ ।

बाहिरी चक्रपथको ५० मिटर अधिकारक्षेत्र सहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट ब्यहोरिने भएको छ भने ५०० मिटर चौडा क्षेत्रमध्ये मूल सडक बाहेकका क्षेत्रमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ्) आयोजनाद्वारा व्यवस्थित सहरीकरण गरिने सो मन्त्रालयको आधिकारिक स्रोतले जनाएको छ ।

काठमाडौँको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर शुरु हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाईला, बाहिरी स्वयम्भु, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाईपास, गोँगबुँ, हिलेडोल, मनमैँजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसालगाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ ।

सीतापाइलाबाट हलचोक, गैह्रीगाउँ ९इचङ्गुनारायण बाहिर०, दौडिनेपानी, नेपालटार, फुटुङ्लाई चिर्दै १३ कि।मि। क्षेत्रको टोखा–सरस्वतीक्षेत्रमा मिलाउने गरी विचाराधीन अतिरिक्त सडक बनाएमा चक्रपथको लम्बाई थप १५ किमि बढेर ८६ किलोमिटरभन्दा बढी हुने पक्ष विचाराधीन छ ।
भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती इँटा टायल कारखानाको छेउ०, भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघाारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधीकोट, गाम्चा भएर अगाडि बढ्ने छ ।

ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्यविनायक, बागमती पुल ९चोभार क्षेत्र०, पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुगेर ठूलो चक्र बनाउने छ ।

आज मन्त्रालयमा आयोजित बाहिरि चक्रपथ सम्बन्धि योजनाको अत्यन्तै महत्त्वपूर्ण बैठकमा सहरी बिकास मन्त्रालयका सचिव,उर्जा सचिव,सुचना तथा संचार मन्त्रालयका सचिव,सचिव भुमिसुधार,सहसचिव अर्थमन्त्रालय,काठमाडौं उपत्यका प्राधिकरणका प्रमुख, काठमाडौं,ललितपुर,भक्तपुरका जिविसका प्रमुखहरु,काठमाडौं महानगरपालिका प्रमुख,ठिमी नगरपालिका का प्रमुख,लगायतको उपस्थितिमा रहेको सहरी विकासमन्त्रीका सचिवालयबाट निरन्जन थापाले जानकारी दिए ।

यो योजनालाई कुनैपनि वहानामा बिलम्व नगरि राष्ट्रिय महत्त्वका साथ अधि बढाउन सम्पुर्ण कर्मचारीहरु निर्देशन दिनुहुदै १३बर्ष देखि रोकियको काम अब कुनैपनि बहानामा नरोकिने र आफुले जस्तोसुकै कदम चाल्न समेत पछि नहट्ने उनले बताए ।


क्लिकमान्डु