सुर्या लाइफले १० प्रतिशत बोनस र बोनसपछि ४० प्रतिशत हकप्रद



काठमाडौं । सुर्या लाइफ इन्सुरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

सुर्या लाइफको संचालक समितिले १० प्रतिशत बोनस सेयर र बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ । बोनस सेयर पछि १० कित्ता सेयर हुनेले सुर्या लाइफमा ४ कित्ता हकप्रद हाल्न पाउने छन् ।

अहिले सुर्या लाइफको चुक्ता पुँजी ६५ करोड रुपैयाँ रहेको छ । बोनस र हकप्रदपछि बीमा समितिले तोके अनुसारको चुक्ता पुँजी भने अपुग हुन्छ । बीमा समितिले जीवन बीमा कम्पनीको लागि २ अर्ब चुक्ता पुँजी हुनपर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु