‘नो हर्न’ अभियानका लागि काठमाडौं महानगरले मोटरसाइकल र्याली गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउका लागि मोटरसाइकल र्याली गर्ने भएको छ । महानगरपालिका कर्मचारीहरुले बिहिबार विहान ८ बजे राष्ट्रिय सभा गृहबाट मोटरसाइकल र्याली गर्न लागेका हुन् ।

महाजगरपालिकाका प्रवक्त ज्ञार्नेन्द्र कार्कीले नो हर्न अभियानलाई प्रभावकारी बनाउनका लागि कर्मचारीको सहयोगमा मोटरसाइकल र्याली गर्न लागिएको जानकारी दिए ।

‘नो हर्न अभियानको बारेमा जनचेतना फैलाउने उद्देश्यले र्याली गर्न लागिएको हो, र्यालीमा अनिर्वाय उपस्थितीका लागि कर्मचारीहरुलाई सूचना जारी गरिसकिएको छ,’ कार्कीले भने ।

महानगरपालिकाको र्याली राष्ट्रिय सभा गृहबाट सुरु हुँदै भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, धुम्बबाराही, महाराजगञ्ज, चक्रपथ, पानीपोखरी, लाजिम्पाट, लैनचौर, उत्तर ढोका-दरबारमार्ग, घण्टाघरबाट राष्ट्रिय सभा गृहसम्म ।

त्यसपछि राष्ट्रिय सभा गृह हुँदै भद्रकाली, सिंहदरबार, माईतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कलंकी, स्वयम्भु, वनस्थली, बालाजुचोक, नयाँबजार, सोह्रखुट्टे, लैनचौर, केशरमहल, जमल, घण्टाघर हुँदै पुन राष्ट्रिय सभा गृहमा पुगेर समापन हुनेछ ।

महानगरपालिकाले २०७४ बैशाख १ देखि उपत्यकामा हर्न बजाउन प्रतिबन्ध लगाएको छ ।


पुष्प दुलाल