डेरी उद्योग संघले कामदारको लागि पुस्तक ल्यायो



काठमाडौं । डेरी उद्योग संघले डेरी उद्योगमा दक्ष कामदार उत्पादन गर्ने लक्ष्यले जुनियर डेरी टेक्नीसियन लागि सहयोगी पुस्तीका सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा एक सहमारोबीच डेरी उद्योग संघले पुस्तक सार्वजनिक गरेको हो ।

डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले उक्त पुस्तकले दक्ष डेरी टेक्नीसियन उत्पादन गर्न सहयोग गर्ने बताए ।

‘नीजि क्षेत्रले डेरी उद्योगमा २० अर्ब रुपैयाँको लागानी गरेको छ । अहिले देशमा ५ हजार जुनियर डेरी टेक्नीसियनको आवश्यक छ, यस्तो अवस्थामा दक्ष जनशक्ति निर्माणका लागि यो पुस्तक प्रभावकारी हुनेछ,’ राजभण्डारीले भने ।

यस्तै दुध विकास संस्थानका महाप्रर्वधक गंगाप्रसाद तिमल्सिना सरकारले ३ वर्ष भित्रमा दुधमा आत्मनिर्भर हुन लक्ष्य लिएको बताएका छन् ।

‘त्यसका लागि सरकारलाई दक्ष कामदारको आवश्यक पर्ने छ, सो पुस्तकको माध्यमबाट केहि हदसम्म भएपनि सरकारको लक्ष्यमा सहयोग मिल्ने छ,’ तिमल्सिनालृे भने ।

पशु विकास मन्त्रालयका सचिव युवक जोशीले नेपाली शिक्षा विदेशी मैत्री शिक्षा भएको बताएका छन् ।

‘हाम्रो शिक्षण संस्थाले देशमै स्वरोजगार हुने दक्ष जनशक्ति उत्पादन गर्न सकेका छैनन्, जसले गर्दा देशका युवाहरु विदेशीन बाध्य भएका छन्,’ जोशीले भने ।

नेपाली शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गर्न नसकेका कारण देशका उद्योगमा कामदारको अभाव भएको उनको तर्क छ ।


क्लिकमान्डु