कृषि सम्बन्धी मोबाइल एप्स्को प्रभावबारे तथ्याङ्क सङ्कलन



फाइल

काभ्रे। किसानलाई उपलव्ध गराइएको मोबाइल सहित कृषिसम्बन्धी एप्सको उपयोगिताबारे तथ्याङ्क सङ्कलन गरिने भएको छ ।

काभ्रेका किसानमा  कृषि र पशुपालनप्रतिको लगाव देखेर तीन वर्षदेखिको प्रयासले सकारात्मक रुप लिन थालेकाले सो तथ्याङ्क लिन लागिएको विश्व बैङ्कका पुनम पिल्लाईले बताइन् ।

‘यहाँको सफलतापछि हामी अन्य क्षेत्रमा पनि मोबाइल फोन उपलब्ध गराउने छौँं,’ पिल्लाईले भने, ‘मोबाइल एप्स्को प्रयोगले काभ्रे जिल्लाको कृषिको विकासमा थप टेवा दिने अपेक्षा राखेका छौं ।’ विश्व बैंकले मोवाइल एप्स्मार्फत किसानलाई कृषि सम्बन्धी विभिन्न सहयोग गर्र्दै आएको उनले जानकारी गराए।

कार्यक्रममा अठ्ठाइकिलो गाईपालन समूहका संयोजक राममणि अधिकारीले मोबाइलमार्फत आवश्यक जानकारी लिन र मौसमको फेरबदलबाट बालीनालीलाई पर्ने असर न्यूनीकरण गर्नेलगायतका जानकारी पाइने बताए । यो प्रविधि नयाँ भएकाले यसको प्रयोग गर्न अझै प्रशिक्षणकै क्रममा आफूहरु रहेको उनले जानकारी दिए।

संयोजक अधिकारीले उक्त प्रविधिमार्फत र पशु र तरकारीमा लाग्ने किराबाट बच्न कस्ता संयन्त्र अपनाउन सकिन्छ भन्ने जानकारी मोबाइलबाटै पाइने भएकाले सम्बद्ध किसान उत्साहित भएको उल्लेख गरे।

धेरै समयपछिको प्रयासबाट मोवाइलको एप्स् प्रयोग  सम्भव भएको छ भन्दै मोबाइल फोन वितरणका संयोजक जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक श्याम नारायण महतोले प्रभावकारी रुपमा यस एप्स्को प्रयोग गर्न र पाएका जानकारी अरुलाई पनि उपलब्ध गराउन आग्रह गरे ।

जिल्ला पशुसेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा विश्व बैंकले केही समयअघि ४३ वटा समूहमा रहेका विकसानलाई मोबाइल फोन वितरण गरेको थियो ।


क्लिकमान्डु